चीनमा घुस खाने बैंकरलाई मृत्युदण्ड दिइयो-Sutra News

चीनमा घुस खाने बैंकरलाई मृत्युदण्ड दिइयो

सोमबार, १९ माघ २०७७

सोमबार, १९ माघ २०७७

काठमाडौं- चीनमा घुस खाने एक पूर्वबैंकरलाई मृत्युदण्ड दिइएको छ । चीनको एक बैंकका यी शीर्ष अधिकारीलाई शुक्रबार मृत्युदण्ड दिइएको चीनको सरकारी मिडिया पिपुल्स डेलीले जनाएको छ ।



५८ वर्षका लाइ शाओमिन चीनको सत्ताधारी कम्युनिस्ट पार्टीका पनि सदस्य थिए । उनले बरिष्ठ बैंकिङ रेगुलेटरको रुपमा काम गर्ने क्रममा १.७९ बिलियन युआन (३२ अर्ब नेपाली रुपैयाँ) घुस लिएको आरोप थियो ।

अदालतले यही जनवरीको पहिलो हप्ता उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो । उनलाई कुन तरिकाले मृत्युदण्ड दिइयो भन्ने खुलासा गरिएको छैन । उनीमाथि गोप्य तरिकाले दोस्रो परिवार सुरु गरेको समेत आरोप थियो ।

आफ्नो मूल परिवारभन्दा बाहिर उनी एक महिलासँग पतीपत्नीको रुपमा बसिरहेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट