कांग्रेसका नेता आचार्यको निधन-Sutra News

कांग्रेसका नेता आचार्यको निधन

सोमबार, १९ माघ २०७७

सोमबार, १९ माघ २०७७

काठमाडौं- नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ ।



कोभिड-१९ बाट संक्रमित भई काठमडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ७० वर्षको उमेरमा आइतबार निधन भएको हो । कोरोना भाइरसबाट संक्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत थिए ।

आचार्यको पछिल्लो पाँच दिन भेन्टिलेटरमा उपचार हुँदाहुँदै कोरोना परीक्षण नेगेटिभ आए पनि निमोनियाको थप उपचारका क्रममा आइतबार निधन भएको उनका कान्छा भाइ युवराज आचार्यले जानकारी दिए ।

उनको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.सशांक कोइरालाले आचार्यको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

यसैगरी विघटित प्रतिनिधिसभा सांसद एवम् कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्वसांसद डा.रामबहादुर बिसी, नेपाल मेडिकल एशोसिएशनका पूर्वअध्यक्ष डा.मुक्ति श्रेष्ठलगायत आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट