प्रचण्डविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता-Sutra News

प्रचण्डविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

सोमबार, १९ माघ २०७७

सोमबार, १९ माघ २०७७

काठमाडौं- नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।



प्रतिनिधिसभा विघटनका सन्दर्भमा सर्वोच्च अदालतमा चलिरहेको मुद्दालाई प्रभावित गर्ने गरी अभिव्यक्ति दिएको जिकिरसहित मुद्दा दायर भएको हो ।

प्रचण्डले विराटनगरको सभामा बोलेको विषयलाई आधार बनाइएको छ । समिर हायूले प्रचण्डलाई विपक्षी बनाउँदै रिट निवेदन दायर गरेका हुन् । सर्वोच्च अदालत प्रशासनका अनुसार रिटको पेसी मंगलबारलाई तोकिएको छ ।

दाहालले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गराउने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरेरै छोड्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट