काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिलाई लिएर दुःख व्यक्त गरेकी छन् । सोमबार फेसबुकमा आफ्नो भनाइ लेख्दै उनले भनेकी छन्, ‘झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकाहरूले यो छोरीको प्रश्न सुनाइदिनू ।’
झाँक्रीले एउटा भाषणमा राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट निस्केर बालकोट जान चेतावनी दिएकी थिइन् । साथै उनले विधवा बनेपछि भण्डारीले सेतो सारी लगाएको विषयमा पनि टिप्पणी गरेकी थिइन् ।
उषाकिरणले आफ्नो झाँक्रीलाई आमाको रातो सारी र आफूहरुको बाल्यकाल फिर्ता ल्याइदिन र आफूहरुले भोग गरेको चिज लैजान चुनौती दिएकी छन् ।
‘तपाईं उहाँको सिन्दूर–पोते, रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् । अनि तपाईंलाई हामीसँग त्यस्तो के नाफा भएको छ जस्तो लाग्छ, लिएर जानुस् ।’ बुवाको मृत्युपछिको पीडा सहन आमाले गरेको संघर्षको झलक पनि उनले प्रस्तुत गरेकी छन् ।
उषाकिरण लेख्छिन्, ‘तपाईं कम्युनिस्ट स्कुलिङको हो भने हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने । मेरी आमा एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थ्यो । तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ, हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा, सेतै भित्ता थिए । उहाँले बाबालाई मनपर्ने खाना र अचार बनाउन छोडनु भयो । उहाँका ससाना छोरीहरू हामीले प्रश्न उठाएनौं । तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
उषाकिरण भण्डारीको स्टाटस
मेरो momले मलाई बोलाउनु भयो अनि भन्नुभयो- सबै leadershipमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन- पहिलेको समयमा इन्दिरा गाँधी देखी अन्तराष्ट्रीय जगतको कुरा गर्दा एँगेला मर्केलको उदाहरण दिनुभयो।आमाको मन हो- आफ्नो घाउ देखाउनु भएन, छोरीहरूमाथी यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो।
मेरो momको बारेमा तथानाम भन्न थालेको लगभग २०५२/५३ देखी हो- यो शुरू गर्ने पत्रकार अहिले retired वरिष्ठ पत्रकार र ठुलो नागरिक अगुवा भइसके। उनीहरूका नया र neo अवतार अहिले छन। म त्योबेला ११ वर्ष जती थिए, momले phoneमा भन्नुहुँदैथियो- “म किन अभियानमा ननिसकिनु!? किन घरमा लुक्नु!? उनीहरुले यही चाहेर यो सब गर्दैछन- म भाग्दिन।” मलाई त्योदिन देखीनै हिम्मत प्राप्त भयो।momले हामीलाई आफ्नो साहास र दृदताबाट शिक्षित गर्नुभएको छ।
१ महिना अघि मैले यहीं ( facebookमा) भनेको थिएँ- अदृश्य cyber bully बाट अब सडकमा नारा लाउन शुरु भयो- हामिले आवाज बुलन्द नगरे यस्तो crimeले झन ठुलो रूप लिन्छ- एक महीना नबित्तदै त्यही भयो।
यहाँ रामकुमारी झांक्रीलाई आफ्नो युवा नेता मान्नेले झांक्रीलाई सुनाइदिनु
१) गल्ती सेतो सारीमा होईन गल्ती दृष्टिकोणमा छ
२) गलत चुनाव लडाउनु होईन, उहाँमाथी त्यसबेलाका शीर्षनेताले गरेको व्यवहार र बोलीमा थियो- अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ- सोधनुहोस गएर!
३) तपाईं communist schoolingको हो भने- सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने- मेरो mom एउटा अकल्पनिय घटना सामना गर्दै हुनुहुन्थियो- तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ- हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए- उहाँले daddyलाई मनपर्ने खाना/ अचार बनाउन छोडनु भयो- उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौ, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो!? हामी ९/१० वर्षको ले बुझयौ उहाँ tragedy संग copeगर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थियो- तपाईं महिला, ठुलो मान्छे भएर यती बुझनु भएन!!? तपाईंलाई अर्को कुरा भन्छु, दसैंमा टिका ग्रहणपनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाऊनु भयो- राष्ट्र प्रमुखको निधार खाली हुनुहुदैन भन्ने मान्यताले गर्दा- उहाँको बूढ़ी आमाले उहाँलाई प्रश्न गर्नु भएन जमरा मात्रै हातमा दिदा- तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो!? Tragedy cope गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ- जुन बाटो स्वयम त्यो व्यक्तिले पनि voluntarily रोज़ेको होईन। हरेक कुरा नाफा र नोकसानमा तुलना गर्न सकिदैन। यदी तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथी career महत्वकांगछा हो भने- ठाउ साटौ- तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो daddy, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसंग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ- लिएर जानुस
झांक्रीलाई नेता मान्ने र सम्पर्कमा भएको ले यो छोरीको प्रश्न सुनाइदिनु See Less