प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने प्रचण्ड-माधव पक्षको निर्णय-Sutra News

प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने प्रचण्ड-माधव पक्षको निर्णय

सोमबार, १९ माघ २०७७

सोमबार, १९ माघ २०७७

काठमाडौं- नेकपा प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ । राजधानीको एक पार्टी प्यालेसमा सोमबार बसेको बैठकले ओलीलाई हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



यस्तै यसअघि स्थायी समिति बैठकले गरेको विष्णु पौडेललाई महासचिव पदबाट हटाउने निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको श्रेष्ठले बताए ।

बैठकले घोषित संघर्षका कार्यक्रम सफल पार्न सिंगो पाटीपंक्ति परिचालन हुने निर्णय पनि गरेको छ । २५ प्रतिशत केन्द्रीय सदस्यको मागबमोजित बैठक बसेको श्रेष्ठले बताए ।

पार्टी आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ । म्यानमारमा लोकतन्त्रको विरुद्धमा त्यहाँको सेनाले सत्ता हातमा लिनु अनुपयुक्त भन्दै बैठकले निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट