काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि मान्छे मार्ने आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् ।
हेमनारायण यादवको १७ औं स्मृति सभालाई सम्बोधन गर्न सिराहा सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भन्नुको अर्थ मासाहारी आन्दोलन गर्छु भन्ने खोजेको आरोप लगाएका हुन् ।
‘प्रचण्डले शाकाहारी आन्दोलनले पुगेन भन्नुको मतलब मांसाहारी आन्दोलन भन्न खोज्नुभएको हो । मांसाहारी भन्नुको चिकेन चिल्ली खान खोजेको पक्कै होइन होला । उहाँले त आदमखोर आन्दोलन गर्न खोज्नुभएको हो । मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको हो,’ ओलीले भने ।
‘म उहाँलाई भन्न चाहन्छु अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन । कुनै धृष्टता नगर्नुहोला । हिजोको जमाना अब होइन ।’ उनले भने ।