वर्षौपछि खानेपानी पुगेपछि स्थानीयमा खुसीयाली-Sutra News

वर्षौपछि खानेपानी पुगेपछि स्थानीयमा खुसीयाली

सोमबार, १९ माघ २०७७

सोमबार, १९ माघ २०७७

डोटी- जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–३ देउकाँडामा पहिलो पटक खानेपानी पुगेको छ । गाउँमा वर्षौपछि खानेपानी पुगेपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँवासी गाउँमा खाने पानी पुगेपछि निकै खुसी भएको स्थानीयवासी धर्मबहादुर लुहारले बताए ।



गाउँपालिका तथा क्षेत्रीय खानेपानी कार्यालयको सहयोगमा उक्त वडामा खानीपानी पु¥याइएको हो । उक्त गाउँपालिकाका सबैजसो वडामा खानेपानीको चरम समस्या हुँदै आएको छ । खानेपानीको सङ्कट भोग्दै आइरहेका देउकाँडावासीमा घरघरमा धारा पाएपछि खुसीयाली छाएको हो ।

गाउँको पँधेरामा पानी आउन छाडेपछि तरकारी खेती गर्न, गाई वस्तुलाई पानी खुवाउन त परै जाओस् राम्रोसँग कपडा धुन र भान्सामा प्रयोग गर्न समस्या हुँदै आएको स्थानीयवासी जगत्रा कामीले दुखेसो पोखे । वडा भरका सबै गाउँमा अहिले खानेपानी आएपछि यहाँका स्थानीयवासीले बारीमा साग, तरकारीलगायत फलफूल उत्पादन गर्न सुरु गरेका छन् ।

‘पानी नहुँदा तरकारी किनेर खानुपर्ने समस्या हटेको छ’, गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने, ‘देउकाँडा तरकारीको राम्रो पकेट क्षेत्र हो, पानी नहुँदा तरकारी उत्पादन गर्न समस्या थियो, अब पानीको समस्या समाधान भएको छ, किसानले तरकारी उत्पादन गर्न शुरु गरेका छन्, यो राम्रो पक्ष हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट