भारतको यस बर्षको रक्षा बजेट १५ बर्षपछि सबैभन्दा धेरै-Sutra News

भारतको यस बर्षको रक्षा बजेट १५ बर्षपछि सबैभन्दा धेरै

सोमबार, १९ माघ २०७७

सोमबार, १९ माघ २०७७

नयाँ दिल्ली- भारतमा बर्ष २०२१/२२ का लागि रक्षा बजेटमा अत्यधिक वृद्धि गरिएको छ । रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सीतारमणलाई धन्यवाद दिएका छन् ।



अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेका छन् । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ बर्षपछिकै सबैभन्दा धेरै भएको बताइएको छ ।

अधिकारीहरुका अनुसार अघिल्लो बर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैयाँ छुट्याइएको थियो । अर्थमन्त्री सीतारमणले सोमबार भारतको केन्द्रीय सरकारको बार्षिक बजेट घोषणा गरेका छन् । भारतको यस बर्षको बजेट ४.७८ करोडको रहेको छ ।

‘अघिल्लो बर्षको तुलनामा यस बर्ष रक्षाका लागि १९ प्रतिशत बजेट वृद्धि भएको छ, यो रकम १५ बर्षपछिकै सवैभन्दा धेरै हो,’ रक्षामन्त्री सिंहले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट