अष्ट्रेलियामा लकडाउन गरिएको शहर डढेलोको जोखिममा-Sutra News

अष्ट्रेलियामा लकडाउन गरिएको शहर डढेलोको जोखिममा

बुधबार, २१ माघ २०७७

बुधबार, २१ माघ २०७७

पर्थ- पश्चिमी अष्ट्रेलियाको पर्थ शहरमा वरिपरि डढेलो फैलिएपछि मानिसहरुलाई सुरक्षित स्थानमा सर्न भनिएको छ । तीव्र गतिमा चलेको हावाले आगोका ज्वालाहरु दुई गुणा बढी क्षेत्रफल करिब ७५ किलोमिटरमा फैलाएको त्यहाँका अधिकारीले जनाएका छन् । 



त्यस शहरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि केही समययता देखि लकडाउन गरिएको छ । मानिसहरुलाई त्यहाँ लकडाउनको नियम उल्लंघन हुने भए पनि सुरक्षित स्थानतर्फ जान भनिएको छ ।

पश्चिम अष्ट्रेलियाका प्रमुख मार्क म्याकगोवानले राज्यले अहिले ‘अत्यन्तै चिन्ताजनक र गम्भीर’ अवस्थाको सामना गरिरहेको बताएका छन् । ‘अहिले डब्ल्यूएले दुई प्रकारका आपतकालिन समस्याहरू सामना गरिरहेको छ, ‘खतरनाक आगलागी र कोभिड-१९ को संकट’ मार्क म्याकगोवानले भने । 

२० लाख जनसंख्या भएकाे यस राज्यले १० महिनापछि पहिलोपटक कोरोना भाइरसको संक्रमित भेटिएपछि आइतबारबाट लकडाउन लागू गरेको थियो ।

राज्य प्रमुखले मानिसहरुलाई आगोको जोखिममात्रै नभएर कोरोना भाइरसको जोखिमबाट बच्नलाई पनि सर्तकता अपनाउन आग्रह गरेका छन् ।

डढेलोको भयले बाहिर निस्किँदा महामारी फैलिने सम्भावना उत्तिकै हुने हुनाले आफ्नो परिवारको हेरचाह गर्दै सकेसम्म घरमै बस्न उनले सबैलाई अनुरोध गरे । 

सोमबार मध्यरातमा द्रुत गतिमा फैलिएको वुरोलो डढेलो रातभरमा पहाड र बेंसीहरू हुँदै सहरको उत्तरपश्चिम क्षेत्रसम्म फैलिन पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट