काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले संवैधानिक निकायका प्रमुख र सदस्यहरूको सपथग्रहण समारोह बहिष्कार गरेका छन् ।
बुधबार विहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित सपथग्रहण समारोहमा उपराष्ट्रपति पुन सहभागी भएनन् ।
पुन पूर्वमाओवादीबाट उपराष्ट्रपति बनेका थिए । उनको निवासमा केही दिनअघि प्रचण्ड र डा.बाबुराम भट्टराईबीच वार्ता भएको थियो ।
प्रचण्डसँगको सल्लाहपछि उपराष्ट्रपति सपथग्रहण समारोहमा सहभागी नभएको स्रोतले जनाएको छ ।
सभाभुख अग्नि सापकोटाले पनि सपथग्रहण समारोह बहिष्कार गरेका थिए ।