सरकारविरुद्ध आमहड्तालको कार्यक्रम गर्न बाध्य भयौं: प्रचण्ड-माधव समूह-Sutra News

सरकारविरुद्ध आमहड्तालको कार्यक्रम गर्न बाध्य भयौं: प्रचण्ड-माधव समूह

बुधबार, २१ माघ २०७७

बुधबार, २१ माघ २०७७

काठमाडौं- नेकपा प्रचण्ड–माधव समूहले भोलि (बिहीबार) देशव्यापी आमहड्तालको कार्यक्रम सार्वजनिक गरेको छ ।



बुधबार प्रतिनिघिसभा विघटनविरुद्ध संघर्ष समितिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।

‘हामी सरकारको कदमविरुद्ध बाध्य भएर आमहड्तालको कार्यक्रम गर्न बाध्य भयौं, त्यसका लागि हामी क्षमा चाहन्छौं’, नेत्री पम्फा भुसालले भनिन् ।

उनले आज साँझ मशाल जुलुसको कार्यक्रम राखिएको जानकारी दिइन् ।

भुसालले बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक वस्तु आयात गर्ने साधनहरू भने चल्न दिने जानकारी दिइन् ।

उनले परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुने जानकारी दिइन् ।

144726047_254248396147124_6603858890035281099_n.jpg

तस्बिर: विकाश अर्याल/सूत्रन्युज 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट