राष्ट्रपतिको चरित्र हत्या गरेको भन्दै झाँक्रीलाई पक्राउ गर्न माग-Sutra News

राष्ट्रपतिको चरित्र हत्या गरेको भन्दै झाँक्रीलाई पक्राउ गर्न माग

बुधबार, २१ माघ २०७७

बुधबार, २१ माघ २०७७

काठमाडौं- नेकपा केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले नेकपा प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । 



बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको हो ।

ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जत गरि व्यक्तिगत, पारीवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरु प्रयोग गरेकाले पक्राउ गर्न माग गरिएको छ ।

अनेम संघकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्थामाथि नै अपमानजनक ब्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन् । 

गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनिय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताएको नेतृ शाक्यले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट