थप १४२ जनामा कोरोनाको संक्रमण पुष्टि-Sutra News

थप १४२ जनामा कोरोनाको संक्रमण पुष्टि

बुधबार, २१ माघ २०७७

बुधबार, २१ माघ २०७७

काठमाडाैं- नेपालमा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४२ जनामा कोरोना पुष्टि भएको हो ।



योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ४३१ पुगेको छ । पछिल्लो २४ घण्टामा २०६ जना निको भएर फर्किएका छन् ।

योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६७ हजार ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाले थप एक जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०३१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट