काठमाडौं- संवैधानिक निकायमा गरेको नियुक्ति तथा शपथप्रति कांग्रेसले विमति जनाएको छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको शपथ ग्रहणले विधिको उल्लंघन गरेकाले यसमा पार्टीको विमति रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले भनेका छन्, ‘विधि उलंघनको प्रवृत्तिप्रति हाम्रो प्रष्ट विमति छ ! संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको शपथग्रहण ।’
संविधानको मर्मविपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा कांग्रेस पुगेको समेत उनले बताएका छन् ।
बुधबार अख्तियारसहित संवैधानिक निकायका पदाधिकारीलाई शीतल निवासमा सपथ ग्रहण गराइएको थियो ।
विधि उलंघनको प्रवृत्तिप्रती हाम्रो प्रष्ट विमति छ !
क्रमशः१) संवैधानिक परिषद सम्बन्धि अध्यादेश
२)त्यसपछिको बैठक ३)आजको सपथग्रहण lदम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभुत बनाउनुपर्ने निष्कर्षमा छौं हामी l pic.twitter.com/BUgxZiX6l6
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 3, 2021