माफी मागेर टुंगियो सुष्मा र रसाइलीबीचको कुटपिट प्रकरण-Sutra News

माफी मागेर टुंगियो सुष्मा र रसाइलीबीचको कुटपिट प्रकरण

बुधबार, २१ माघ २०७७

बुधबार, २१ माघ २०७७

काठमाडौं- नायिका सुष्मा कार्की र पत्रकार उत्सव रसाइलीबीचको विवाद टुंगिएको छ । बुधबार महानगरीय प्रहरी वृत्त दरबारमार्गमा आपसी समझदारीमा विवाद टुंगिएको प्रहरीले जनाएको छ ।



सुष्मा कार्कीले उजुरी गरेपछि प्रहरीले दुबै पक्षलाई छलफलको लागि बुधबार बोलाएको थियो । 

प्रहरी परिसरबाट बाहिरिदै गर्दा पत्रकार रसाइलीले सुष्मामाथि भएको व्यवहार नहुनुपर्ने बताएका छन् । यस्तै काठमाडौं लण्डन पबमा भएको घटनप्रति आफू क्षमाप्रार्थी भएको बताएका छन् ।

आफूबीच असमझदारी भएर दुर्घटना भएको उत्सवले बताएका छन् । उनले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा दुईबीच यस्तो किसिमको वादविवाद नहुने सहमति भएको जनाएका छन् ।

रसाइलीले गल्ती स्वीकार गरेको र माफी मागेकोले आफू समझदारीमा आएको सुष्माले बताएकी छन् । उनले माफी दिएको बताएकी छन् ।

सोमबार काठमाडौंको लण्डन पब क्याफेमा आफूमाथि हातपात र गालीगलौज भएको भन्दै सुष्मा महानगरीय प्रहरी वृत, दरबार मार्गमा उजूरी दिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट