फिल्म ‘गोर्खे’ को रिजित मिति फागुन २१ लाई तोकियो-Sutra News

फिल्म ‘गोर्खे’ को रिजित मिति फागुन २१ लाई तोकियो

बुधबार, २१ माघ २०७७

बुधबार, २१ माघ २०७७

काठमाडौं- फिल्म ‘गोर्खे’ को रिलिज मिति सार्वजनिक गरिएको छ । आगामी फागुन २१ गतेबाट फिल्म रिलिज गर्ने घोषणा निर्माण टिमले गरेको छ ।



किम्मत गौतम निर्देशित फिल्ममा हिम्मतवाली फेम्ड अभिनेता रविन्द्र प्रताप सेनको प्रमुख भूमिका रहेको छ । फिल्ममा रविन्द्रको साथमा अञ्जली अधिकारी, अर्जुन गुरुङ, एन्जेल श्रेष्ठ, आश्मी लामा, अश्मी श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

प्राविधिकहरू मिलेर निर्माण गरेको यस फिल्मले ‘गोर्खे’ बन्ने सपना बोकेका पाँचजना युवाहरूको कथालाई प्रस्तुत गरेको छ ।

कोजु इन्टरटेन्टमेनको ब्यानरमा बनेको फिल्ममा हरि लामाको प्रस्तुति रहेको छ भने तीर्थ राम कोजु र हरि थापा मिलेर फिल्म निर्माण गरेका हुन् ।

फिल्ममा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कंडेलको छायांकन, मित्र डि.गुरुङको सम्पादन , छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ ।

केहि दिनअघि फिल्मबाट सिन्की अचार बोलको गीत सार्वजनिक भइसकेको छ । जुन गीत अहिले चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट