बन्द हड्तालको विरोध गरौं-Sutra News

बन्द हड्तालको विरोध गरौं

बुधबार, २१ माघ २०७७

बुधबार, २१ माघ २०७७

काठमाडौं- बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले गत निर्वाचनको घोषणापत्र विपरीत मुलुकमा राजनीतिक दलबाट पुनः बन्द हड्ताल आव्हान गरिएकामा विरोध जनाएको छ ।



निर्वाचनको घोषणापत्रमा वाम गठबन्धनले ‘विद्यालयलाई राजनितिक हस्तक्षेप मुक्त र विद्यालयलाई शान्ति क्षेत्र बनाइने प्रतिबद्धता गरेको’ उल्लेख गर्दै सिजपले आज जारी गरेको विज्ञप्तिमा बन्द र हड्तालले बालबालिकाको निर्वाध शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित गर्ने र नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३१ को शिक्षा सम्बन्धी हक, बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ (८) विपरित शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा पढ्न पाउने बालबालिकाको हकको ठाडो उलंघन हुने जनाएको छ ।

सो सञ्जालका अध्यक्ष नरेन्द्र डंगोलद्वारा जारी विज्ञप्तिमा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ विरुद्धका यस्ता कार्यले बालबालिकाको भविष्य र समाजलाई दूरगामी रुपमा नकारात्मक प्रभाव पार्ने भएकाले विधिसम्मत मागहरु वार्ताबाट समाधान गर्न आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट