प्रचण्ड-नेपाल समूहको आम हड्ताल घोषणाप्रति गृह मन्त्रालयको ध्यानाकर्षण, दियो यस्तो चेतावनी-Sutra News

प्रचण्ड-नेपाल समूहको आम हड्ताल घोषणाप्रति गृह मन्त्रालयको ध्यानाकर्षण, दियो यस्तो चेतावनी

बुधबार, २१ माघ २०७७

बुधबार, २१ माघ २०७७

काठमाडौं- गृह मन्त्रालयले नेकपा (प्रचण्ड-नेपाल समूह) ले बिहीबार देशव्यापी आमहडताल आव्हान गरिएको भन्दै सार्वजिनक गरिएको विज्ञप्तिप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । 



मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ति निकालेर नेपालको संविधान तथा प्रचलित कानुनविपरीत शान्ति सुरक्षामा खलल पुग्‍ने काम भए कानुनअुनरुप कारबाही गर्न बाध्य भएको उल्लेख गरेका छन् । 

‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जवरजस्तीलगायतका अवाञ्‍छित  गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

मन्त्रालयले दैनिक रूपमा  सञ्‍चालित उद्योग, पेशा, व्यवसाय सञ्‍चालनमा कुनै बाधा अवरोध  पुग्‍न नदिनेगरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने पनि विज्ञप्तिमा उल्लेख गरेको छ । 

145859017_331824321439337_1568509456724263019_n_gr23c8BdMX.png

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट