काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल ब्राइटनसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग १-० गोलले पराजित भएको हो ।
साविक विजेता लिभरपुल घरेलु मैदानमै स्तब्ध भएको हो । ब्राइटनलाई जित दिलाउन स्टेभेन अल्जाटेले निर्णायक गोल गरे । खेलको ५८औँ मिनेटमा स्टेभेनले गरेको गोल नै निर्णायक बन्यो ।
हारसँगै लिभरपुलको उपाधि होडसमेत कमजोर बनेको छ । लिभरपुलले २२ खेलमा ४० अंक जोडेको छ । लिभरपुल चौंथो स्थानमा रहेको छ । ब्राइटन २४ अंक जोडेर १५औँ स्थानमा रहेको छ ।