काठमाडौं- नेकपा प्रचण्ड-माधव पक्षले बिहीबार आयोजित आमहड्तालको क्रममा घुसपैठ भएको दाबी गरेको छ ।
सो समूहका राष्ट्रिय युवा संघका संयोजक दीपशीखाले गोंगबुमा भएको ट्याक्सीमा भएको आगजनीमा आन्दोलनकारीको संलग्नता नरहेको भन्दै घुसपैठ भएको दाबी गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘यो आयोजकका तर्फबाट गरिएको होइन । आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको छैन । आन्दोलनलाई अराजक देखाउने सरकारी घुसपैठको चरम नमुना ।’