काठमाडौं- प्रतिगम र संवैधानिक आयोगमा असंवैधानिक नियुक्तिको विरोधमा नेकपा प्रचण्ड-नेपाल समूहले गरेको आम हड्ताल बिहीबार सामान्य देखिएको छ । बिहान केही स्थानमा असामान्य स्थिति सिर्जना भए पनि यतिखेरको अवस्था भने सामान्य छ ।
बन्दलाई सफल बनाउन नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपालसहित नेताहरू सडकमा उत्रिए र सरकारविरुद्ध नाराबाजी गरे । काठमाडौं उपत्यकाबाट बिहानै नेकपा ८० भन्दा नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बन्दका कारण मजदुरहरू भने मारमा परेका छन् । शैक्षिक संस्था पूर्ण बन्द गरिएका छन् भने सवारी साधन कम चलेका छन् । मानिसहरू पैदलै गन्तव्यमा पुगेका छन् ।
सरकारले बिहीबार विभिन्न संवैधानिक आयोगमा प्रमुखहरू नियुक्त गरेको थियो । नेकपा प्रचण्ड-नेपाल समूहले संसद् पुनःस्थापना हुनुपर्ने र असंवैधानिक कदम सच्चिनुपर्ने माग राखेका छन् ।