संविधानअनुसार देश नचले द्वन्द्वमाः शशी श्रेष्ठ-Sutra News

संविधानअनुसार देश नचले द्वन्द्वमाः शशी श्रेष्ठ

बिहिबार, २२ माघ २०७७

बिहिबार, २२ माघ २०७७

काठमाडौं- नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहकी नेतृ शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिंडाउनका लागि आम हड्ताल गरिएको बताएकी छन् ।



नेतृ श्रेष्ठले नेकपाले गरेको आम हड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिंडाउनका लागि आमहड्तालको आव्हान गरिएको स्पष्ट पारेकी हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको भन्दै ओलीको स्वेच्छाचारिता र निरंकुशताबाट बचाउनुपर्ने अवस्था आएको पनि बताइन् । नेतृ श्रेष्ठले प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका पदाधिकारीहरुलाई गैरसंवैधानिक हिसाबले नियुक्ति गरी संविधानलाई अर्को चुनौती दिएको बताइन् ।

संविधान अनुरुप मुलुक नचले देश ठुलो दुर्घटनामा जाने र समाज विभक्त भई द्वन्द्वमा जाने भन्दै उनले दुर्घटनाबाट बचाउन संविधानलाई कार्यान्वयन गरेर जानुपर्ने भनाइ राखिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट