बन्द गराउँदै हिंडेका नेकपा नेता झाको टाउको फुट्यो-Sutra News

बन्द गराउँदै हिंडेका नेकपा नेता झाको टाउको फुट्यो

बिहिबार, २२ माघ २०७७

बिहिबार, २२ माघ २०७७

काठमाडौं- प्रचण्ड-नेपाल समूहले गरेको आम हड्तालका क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नेता रामचन्द्र झाको टाउकोमा चोट लागेको छ ।



बन्द गराउन हिंडेका झाको समूहलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो । झडपमा प्रहरीको लाठीबाट झाको टाउकोमा चोट लागेको हो ।

झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । झा लगायत केही कार्यकर्ताहरू पनि घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट