काठमाडौं- प्रचण्ड-नेपाल पक्षीय नेकपाका कार्यकर्ताले बिहानै सामाखुसीमा ट्याक्सी जलाएर आजको आमहड्ताल हिंसात्मक हुने संकेत दिएका थिए । सो घटनाको चौतर्फी निन्दा भएपछि उनीहरुले थप आक्रामकता देखाएका छैनन् ।
ट्याक्सी जलाइएसँगै बिहानैदेखि काठमाडौंका सडक सुनसान भए । मानिसहरू सडकमा निस्कन डराए । तर, मध्यान्नपछि भने बन्दको बिस्तारै अवज्ञा सुरु भएको छ । हामीले काठमाडौंका विभिन्न स्थानको अवलोकन गर्दा सवारीसाधन बाक्लै संख्यामा देखिएका छन् ।
आन्दोलनकारीको पनि मुड दिउँसोदेखि फेरिएको छ । उनीहरुले सडकमा निस्केका सवारीसाधनलाई आक्रमण तोडफोड गरेका छैनन् । अवरोध प्रयास भने गरिरहेका छन् ।
बालाजु, सामाखुसी, नारायाणगोपाल चोक, चावहिल, पुरानो बानेश्वर, नयाँबानेश्वर क्षेत्रति सवारी सधान बाक्लै चलेका छन् । चक्रपथ क्षेत्रमा महानगर यातायात, ट्याक्सी, टेम्पु, माइक्रो र अन्य केही सवारी साधन पनि बाक्लै चल्न थालेका छन् ।