नाइजेरियामा सडक दुर्घटना चारको मृत्यु, ४३ घाइते-Sutra News

नाइजेरियामा सडक दुर्घटना चारको मृत्यु, ४३ घाइते

बिहिबार, २२ माघ २०७७

बिहिबार, २२ माघ २०७७

नाइजेरिया- नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा बुधबार भएको एक सडक दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४३ घाइते भएका सरकारी निकायले बिहीबार जानकारी दिएको छ ।



उक्त दुर्घटना ओयो ओग्बोमोशो राजमार्गमा भएको बताइएको छ । मानिस र जनावर बोकेको एक ट्रक सडकबाट खाडलमा खसेपछि सो घटना भएको थियो ।

यस दुर्घटनामा कम्तीमा १४ जनालाई सकुशल उद्धार गरिएको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट