श्रीलङ्काका राष्ट्रपतिद्वारा स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन, एक भएर चुनौतिको सामना गर्न आग्रह-Sutra News

श्रीलङ्काका राष्ट्रपतिद्वारा स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन, एक भएर चुनौतिको सामना गर्न आग्रह

बिहिबार, २२ माघ २०७७

बिहिबार, २२ माघ २०७७

श्रीलङ्का- श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापक्षले बिहीबार एकता र श्रीलङ्काली जनताले यस मुलुकमा सामना गरिरहेका चुनौतीहरूको सामना गर्न थप प्रयास गर्न आग्रह गरेका छन् ।



श्रीलङ्काको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा आफ्नो सम्बोधनमा राजपाक्षले भने, ‘श्रीलङ्काले आफ्नो स्वतन्त्रताको ७३ वर्षमा धेरै चुनौतीहरूको सामना गर्नुपरेको स्मरण गर्दै राष्ट्रको विकासका क्रममा अझै धेरै समस्याहरूको सामना गर्नुपर्ने अवस्थाको सिर्जना हुनसक्ने छ ।’

‘राष्ट्रिय सुरक्षा स्थापना, हाम्रो देशका विभिन्न समुदायबीच साँचो मेलमिलाप प्राप्त गर्ने र दिगो आर्थिक विकास गर्न र गरिबीलाई उन्मूलन गर्न सक्ने एक सशक्त अर्थव्यवस्था निर्माण गर्ने चुनौतिहरु अझै हाम्रो सामु रहेको छ,’ राजापाक्षले भने ।

कोभिड–१९ महामारीको कारण सारा विश्व सङ्कटमा रहेको समयमा त्यस समयमा श्रीलङ्काले पनिे विकास कार्यहरू सञ्चालन गर्न र सामान्य जीवन बिताउन गम्भीर समस्या पैदा गरेको कारण केही समयदेखि देशको आर्थिक वृद्धि खस्किएको उनले बताए । तर यसलाई चालु आर्थिक वर्षमा नै सुधार भइसक्ने उनको दावी थियो ।

उनले भने, ‘धेरै देशहरूले कोभिड– १९ विरूद्धका खोपहरूको सफलतापूर्वक विकास गरेका छन् र ती खोपहरू तुरुन्तै प्राप्त गर्न आफ्नो देशले भारत, चीन र रुससँग छलफल गरिसकेको छ ।’

सरकारले केही समयभित्र सम्पूर्ण नागरिकलाई पुग्ने गरी खोपको लागि सम्झौता गर्ने उनले बताए ।

‘यस विषयमा विश्व स्वास्थ्य संगठनसँग पनि छलफल भएको छ । तसर्थ हामीले एउटा खोप प्राप्त गरिसकेका छौँ र हामीले खोप कार्यक्रम शुरु गरिसकेका छौं । यो खोप कार्यक्रम कुनै बाधाबिना सञ्चालन गरिने छ,’ राजापक्षले भने ।

श्रीलङ्काले आफ्नो ७३ औं स्वतन्त्रता दिवस बिहीबार राजधानी कोलम्बोको स्वतन्त्रता स्क्वायरमा आयोजित भब्य सैनिक परेडको साथ मनाएको हो । कोभिड–१९विरूद्ध कडा स्वास्थ्य दिशानिर्देशन अन्तर्गत आयोजित परेडमा हजारौं सैन्य सेवा सदस्यहरु र प्रहरी अधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट