काठमाडौं- सरकारले एकसाथत ठूलो संख्यामा उपसचिवको सरुवा र पदस्थापन गरेको छ ।
बिहीबार बसेको संघीय मामिला तथा सामान्य प्रशासन सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका ६१ उपसचिवको सरुवा गरेको हो ।
सरुवा र पदस्थापन भएकामध्ये केही जना केही समयअघि बढुवा भएका हुन् । उनीहरूलाई स्थानीय तह, प्रदेश र संघमा सरुवा तथा पदस्थापन गरिएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी २२ उपसचिवलाई स्थानीय तहमा पठाइएको छ ।
सूची हेर्न क्लिक हेर्नुहोस्
https://drive.google.com/file/d/1J1JwlBp4qC0kr2hTwufxdDrHmXysR5mx/view