म्यानमारमा सामाजिक सञ्जाल प्रतिबन्ध-Sutra News

म्यानमारमा सामाजिक सञ्जाल प्रतिबन्ध

शुक्रबार, २३ माघ २०७७

शुक्रबार, २३ माघ २०७७

काठमाडौं- म्यानमारमा बिहीबारदेखि फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेको छ ।



लोकतान्त्रिक सरकारलाई ‘कु’ गरी सत्ता हातमा लिएको सेनाले सामाजिक सञ्जालमार्फत अशान्ति फैलिएको भन्दै प्रतिबन्ध लगाएको हो ।

सेनाले म्यानमारमा एक वर्षसम्म सैनिक शासन लागू हुने घोषणा गरेको छ । त्यसपछि निर्वाचित सरकारलाई शासन हस्तान्तरण गर्ने सेनाको भनाइ छ ।

यसै साता सेनाले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायत शीर्ष नेताहरूलाई नजरबन्द गरी ‘कु’ गरेको थियो ।

सत्ता कुसँगै इन्टरनेट सेवा, बैंकिङ तथा टेलिफोन सेवा आंशिक बन्द भएको थियो । त्यसयता सैनिक कुको विरोधमा नेतृ सुकीका समर्थकले सामाजिक सञ्जालमार्फत सेनाको कदमको विरोध जनाउँदै आइरहेका थिए ।

उनीहरूको आवाज दबाउन पनि सेनाले सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएको हो । तर, सेनाले भने देशमा अशान्ति मच्चाउन र अस्थिरता पैदा गर्न सामाजिक सञ्जालले भूमिका खेलको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट