पद, पैसा र निजी स्वार्थले राजनीति दूषितः वर्षा सिवाकोटी-Sutra News

पद, पैसा र निजी स्वार्थले राजनीति दूषितः वर्षा सिवाकोटी

शुक्रबार, २३ माघ २०७७

शुक्रबार, २३ माघ २०७७

काठमाडौं- मुलुकको विकसित राजनीतिक घटनाक्रम देखेर कलाकारहरूले पनि चिन्ता व्यक्त गर्न थालेका छन् । यसबारे उनीहरूले सामाजिक सञ्जाल तथा अन्तर्वार्ताबाट अभिव्यक्ति दिइरहेका छन् ।



सोहीक्रममा अभिनेत्री वर्षा सिवाकोटीले पनि चिन्ता व्यक्त गर्दै पद, पैसा र निजी स्वार्थले राजनीति दूषित भएको तर्क गरेकी छन् ।

अभिनेत्री सिवाकोटीले लेखेकी छन्, ‘देश र जनताको हितकालागि गरिने राजनीति पद, पैसा र निजी स्वार्थले दूषित भएको छ ।’ यस्ता व्यवहारले समृद्ध नेपालको अवधारणा सफल नहुने उनको भनाइ छ ।

साथै उनले सम्मानजनक राजनीति, जहाँ विपक्षीको विचारको आलोचना मात्र होइन विवेकपूर्ण विश्लेषण, विमर्श र राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताएकी छन् ।

‘जनताको मतको मान होस् । कामप्रति निष्ठा र इमानदारीता होस्’ उनले थप उल्लेख गरेकी छन् ।

उनले राजनीतिको यो रूप देखिरहन नपरोस् भन्दै कामना व्यक्त गरेकी छन् । साथै देशले चाँडै मुहार फेर्ने विश्वास उनकाे छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट