सभामुख सापकोटा सर्वोच्‍च अदालतमा किन पुगे ?-Sutra News

सभामुख सापकोटा सर्वोच्‍च अदालतमा किन पुगे ?

शुक्रबार, २३ माघ २०७७

शुक्रबार, २३ माघ २०७७

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालतमा पुगेका छन् । संवैधानिक नियुक्तिमा सामेल नरहेका सभामुख सापकोटा रिट दायर गर्न अदालत पुगेका हुन् ।



शुक्रबार रिट दायरका लागि सभामुख सापकोटा आफै सर्वोच्‍च अदालत भए । उनको साथमा नेकपा प्रचण्ड–माधव समूहका नेतृ रामकुमारी झाँक्री, शशी श्रेष्ठलगायत नेताहरू पुगेका थिए ।

संवैधानिक नियुक्ति र शपथ दुवै गैरसंवैधानिक भएको जिकीर सभामुखको छ । संवैधानिक परिषद्‌को सदस्य भए पनि नियुक्तिमा सापकोटा सामेल थिएनन् ।

शुक्रबार दायर गरेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री लगायत नियुक्ति लिएकाहरूलाई विपक्षी बनाइएको छ । रिटको पेसी आइतबारलाई तोकिएको छ ।

कानुनी र राजनीतिक विवादकै बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्त गरेकी थिइन् ।

३० मंसिरमा संवैधानिक परिषदको बैठक बस्न कोरम नपुगेपछि सरकारले दिउँसो अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो । त्यही दिन साँझ बोलाइएको बैठकमा प्रधानमन्त्री राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश सहभाागी भएका थिए भने सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिस्कार गरे ।

प्रतिनिधिसभा विघटनसँगै सनुवाई सम्भव नभएको भन्दै सभामुख सापकोटाले १८ माघमा नियुक्ति सिफारिससम्बन्धी पत्र संवैधानिक परिषदमै फिर्ता पठाएका थिए ।

संवैधानिक अंगमा ३२ जना पदाधिकारीको शपथ बुधबार बिहान कार्यालय खुल्‍नु अगावै गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट