काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता कृष्णगोपाल श्रेष्ठले केपी ओलीले अध्यक्षताको रहेको पार्टी नै सक्कली नेकपा भएको दाबी गरेका छन् ।
ओली समूहले शुक्रबार गरेको शक्ति प्रदर्शनको सुरुवात गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका श्रेष्ठले पार्टीबाट नक्कलीजति बाहिरिएको बताए ।
‘मयुरको प्वाँख लगाएका कागहरू हाम्रो समूहबाट बाहिरिइसके, अस्ति धोद्रे रुखमा बसेर क्वाँ–क्वाँ गरेपछि जनताले थाहा पाएका छन्, ती नक्कली रहेछन् भनेर,’ श्रेष्ठले भने ।
उनले लोकतन्त्र संकटमा रहेकाले यसको रक्षाका लागि सडकमा उत्रिनु परेको स्पष्ट पारे । मुलुकलाई निकास दिन ताजा जनादेशको विकल्प नरहेको पनि उनले बताए ।