प्रधानमन्त्रीलाई हटाउन खोज्दा अस्थिरता पैदा भयोः ईश्वर पोखरेल-Sutra News

प्रधानमन्त्रीलाई हटाउन खोज्दा अस्थिरता पैदा भयोः ईश्वर पोखरेल

शुक्रबार, २३ माघ २०७७

शुक्रबार, २३ माघ २०७७

काठमाडौं- उपप्रधानमन्त्री एवम् नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचमै धक्का दिएर हटाउन खोज्दा अस्थिरता पैदा भएको बताएका छन् । ओली पक्षद्वारा आज काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै पोखरेलले यस्ताे बताएका हुन् । 



सम्बोधन गर्दै उनले भने,  ‘हिजोदेखि नै कसैको मृत्युमा जीवन खोज्ने प्रचण्ड प्रवृत्ति हावी भयो । त्यसलाई सघाउन कुण्ठा र इष्र्यामा बाँचेको माधव नेपाल प्रवृत्तिको गठवन्धन भयो । त्यसको परिणाम अराजकता सिर्जना गर्ने कोसिस गरियो । तर, यो प्रयासलाई हामी सफल हुन दिने छैनौं ।’

हिजो प्रचण्ड-नेपाल पक्षले गरेको नेपाल बन्दमा एक मजदुरको ट्याक्सी जलाइएको घटनाले पोखरेलले निन्दा गरे । जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले गर्ने उनले प्रतिवद्धता जनाए । 

पोखरेलले भने, ‘नेपाल बन्दको नाममा जनतालाई दुःख दिने कुराको निन्दा र भत्र्सना गर्दछु । हिजो आन्दोलनका नाममा अराजकता सिर्जना गर्नेले ट्याक्सी चलाएर गुजारा गर्नेमाथि सांघातिक हमला गरियो, म मन्त्रीको नाताले यही सभामार्फत भन्न चाहन्छ, केपी ओलीले नेतृत्वको सरकारले यसको क्षतिपूर्ति गर्ने छ ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट