नारायणहिटी अगाडि सभा गरेर गणतन्त्रप्रति प्रतिबद्ध रहेको औचित्य पुष्टि गर्न खोजिएको हो : गृहमन्त्री थापा-Sutra News

नारायणहिटी अगाडि सभा गरेर गणतन्त्रप्रति प्रतिबद्ध रहेको औचित्य पुष्टि गर्न खोजिएको हो : गृहमन्त्री थापा

शुक्रबार, २३ माघ २०७७

शुक्रबार, २३ माघ २०७७

काठमाडा‌ैं- गृहमन्त्री रामबहादुर थापा बादलले नारायणहिटी अगाडि सभा गरेर आफूहरू गणतन्त्रप्रति प्रतिबद्ध रहेको पुष्टि भएको दाबी गरेका छन् । नेकपा ओली समूहले शुक्रबार काठमाडौंमा गरेको आमसभामा उनले गणतन्त्रप्रति आफूहरूप्रतिबद्ध रहेको औचित्य प्रमाणित भएको दाबी गरेका हुन् ।



गृहमन्त्री थापाले अब तेस्रो जनआन्दोलन शुुरु भएको बताए । सम्बोधनका क्रममा उनले भने, ‘आज यो असाधारण परिस्थिति शुुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ । यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ । प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएका छ । यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र शुुरु भएको छ ।’ अहिलेको परिस्थितिको सामना गर्नका लागि अहिलेको अवस्था सिर्जना भएको पनि उनले दाबी गरे ।

सरकारको नेतृत्व र राष्ट्रपतिको मानमर्दन गर्ने र विस्थापित गर्ने षड्यन्त्रले अस्थिरता ल्याएको पनि उनले बताए । अहिलेको परिस्थितिको सामनाका लागि जनतालाई आन्दोलित बनाएको पनि उनले उल्लेख गरे । उनले आम निर्वाचनको माध्यमबाट आफूहरुले आन्दोलनको थालनी शुरु गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट