काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल पक्षले मांशाहारी आन्दोलनका नाममा नरभक्षी आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् ।
नेकपा ओली समूहले राजधानीको दरबार मार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केही समयअघि अब शाकाहारी आन्दोलनले नहुने भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
नेपाल बन्दको नाममा बिहीबार एउटा गरिब ट्याक्सी चालकलाई जिउँदै जलाउन खोजेको उनको आरोप छ ।
नेपालमा आजको जस्तो ठूलो सभा इतिहासमा कहिल्यै नभएको भन्दै यो सभाबाट कुन पार्टी मूल पार्टी हो भन्ने टुंगो लागेको उनको दावी छ ।