काठमाडौं– प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको पार्टी देशकै मूल पार्टी भएको दाबी गरेका छन् । ओली समूहले राजधानीमा गरेको जनसभामा ओलीले अझै पनि केही मानिस कुन पार्टी आधिकारिक भन्ने भ्रममा रहेको बताए । ‘आज कुन मूल पार्टी भन्ने, कुन पार्टी सक्कली, कुन नक्कली भन्ने फैसला भयो । अब पनि भ्रममा परिरहनुपर्छ र ’ उनले भने ।
ओलीले काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो जनसभा भएकोदाबी पनि गरे । ओलीले आमसभा असफल पार्न आमअड्ताल, विप्लवको नाममा बम राखेको हल्ला चलाइए पनि व्यापक जनता सहभागी भएको बताए ।
ओलीले आफ्नो पक्षमा जनताको भेल उर्लिएको बताए । सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न सकेन ।’
ओलीले बृहत् शक्ति प्रदर्शनमा आम नेता–कार्यकर्ताको व्यापक सहभगिता रेहेको जिकीर गर्दै.सभास्थलको दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म पनि मानिसहरु नअटाएको उनको दाबी गरे ।