कोरोना ग्राफः थपिए १०५ संक्रमित, २७२ निको, २ जनाको मृत्यु-Sutra News

कोरोना ग्राफः थपिए १०५ संक्रमित, २७२ निको, २ जनाको मृत्यु

शुक्रबार, २३ माघ २०७७

शुक्रबार, २३ माघ २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको छ ।

हाल देशभर २ हजार १ सय ८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै नेपालमा गत २४ घण्टामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट