विश्वभर ७ करोड ७६ लाख कोरोना संक्रमित निको-Sutra News

विश्वभर ७ करोड ७६ लाख कोरोना संक्रमित निको

शनिबार, २४ माघ २०७७

शनिबार, २४ माघ २०७७

काठमाडौं- विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड ५८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड ५८ लाख ८४ हजार ४२५ नाघेको छ ।



यो समाचार तयार पार्दासम्म विश्वभर ७ करोड ७६ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख १८ हजार ६३३ जना निको भएका छन् ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५९ लाख २३ हजार ९०० छ । यसमध्ये १ लाख ५ हजार ९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ९४८ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ७ हजार १२८ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ७० हजार ४१८ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजीलमा २ लाख ३० हजार १२७ जना, भारतमा १ लाख ५४ हजार ९५६ जना, रूसमा ७५ हजार ७३२ जना, बेलायतमा १ लाख ११ हजार २६४ जना, फ्रान्समा ७८ हजार ६०३ जना, इटालीमा ९० हजार ६१८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट