शनिबार थप ९९ जनामा कोरोना संक्रमण-Sutra News

शनिबार थप ९९ जनामा कोरोना संक्रमण

शनिबार, २४ माघ २०७७

शनिबार, २४ माघ २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ सय ४८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ ।

हाल देशभर १ हजार ९ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।

हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट