संकटकाल लगाएर भए पनि ओली चुनावमा जान्छन्ः डा.दीक्षित-Sutra News

संकटकाल लगाएर भए पनि ओली चुनावमा जान्छन्ः डा.दीक्षित

शनिबार, २४ माघ २०७७

शनिबार, २४ माघ २०७७

काठमाडौं- नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले देश अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।



शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘अहिले हामी अत्यन्तै जोखिमपूर्ण अवस्थामा छौं । देशको अवस्था यस्तो छ कि निकट भविष्यमा के हुन्छ ? भन्नेपनि थाहा छैन । यो अन्यौलग्रस्त र डरलाग्दो स्थिति हो । हामी जनताले धोकामात्रै पायौं । नेकपाका नेताहरुले ठूलो पाप गरे । केही काम गरेनन् ।’

उनले नेकपाका विभाजित शक्तिहरु दुवैको आ-आफ्नो दाउ र रणनीति रहेको पनि सुनाए । प्रचण्ड र माधव नेपाल संसद पुनःस्थापनाको पक्षमा उभिएको र ओली चुनावको अन्तिम तयारीमा जुटिसकेको पनि उनले सुनाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अदालतको फैसलाप्रति सम्मान गर्ने भनेर लिएको अडान सही रहेको भन्दै उनले प्रशंसा समेत गरे ।

उनले प्रधानमन्त्री ओलीको हाउभाउ हेर्दा पनि उनी निर्वाचन जाँदैछन् भन्ने कुरा निश्चित् भएको पनि सुनाए । उनले भने, ‘केपी ओली चुनावको लागि रेडी छन् । प्रचण्ड र माधव नेपाल समूह निर्वाचनमा नजाने भन्दैछन् । भोलि निर्वाचन भयो भने सबै दल निर्वाचनमा सहभागी हुन्छन् ।’

दीक्षितले प्रधानमन्त्री ओली संकटकाल लगाएर भएपनि निर्वाचनमा जाने सुनाए । चुनाव हुने भयो भने कोही पनि पाँच वर्षको लागि बाहिर नबस्ने भन्दै सबै दल निर्वाचनमा जाने पनि उनले दाबी गरे ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट