काठमाडौं- नागरिक अभियन्ताहरूले सत्तारुढ नेकपाले गरेको सडक प्रदर्शनको विरोध गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार काठमाडौंमा आयोजित प्रदर्शनमा उनीहरूले सत्ता नै सडकमा आएको भन्दै विरोध जनाएका हुन् ।
शुक्रबार नारायणहिटी अगाडि सडक नै ठप्प गरेर आयोजित सभालाई लक्षित गर्दै उनीहरूले सत्तारुढ दल सडक प्रदर्शनमा उत्रनु गलत भएको भन्दै आपत्ति जनाएका हुन् ।
अर्का अभियन्ता शशीविक्रम कार्कीले प्रधानमन्त्री ओलीले सनकमा गरेको संसद् विघटनले संविधान र लोकतन्त्र संकटमा परेको बताए । ‘ओलीजीलाई अधिनायकवादीको श्रीपेच लगाउने रहर छ’ कार्कीले भने, ‘अब उनले इन्टरनेट काट्न सक्छन् ।’
लेखक राजेन्द्र महर्जनले कुनै पनि तानाशाह लामो समय नटिक्ने तर त्यसको विरोधमा संघर्ष गर्न नागरिकहरू तयार हुनुपर्ने बताए ।