काठमाडौं- इटालियन फुटबल लिग सिरी एकअन्तर्गत युभेन्टसले रोमालाई हराएको छ ।
गएराति सम्पन्न भएको खेलमा युभेन्टसले रोमाविरुद्ध २-० अन्तरले जीत हासिल गरेको हो ।
खेलको १३ औं मिनेटमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोले गोल गरे । रोनाल्डोको गोलपछि युभेन्टसले शुरुवाती अग्रता लियो ।
त्यसपछि खेलको ६९ औं मिनेटमा रोमाका इबानेजले आत्मघाती गोल गरे । इबानेजको आत्मघाती गोलपछि युभेन्टसले २-० बनाएको थियो ।