काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले किशोरीहरूमाथि हुने हत्या, बलात्कारका विषयमा सरकार लोकाचार निभाएर बस्ने स्थिति कहिलेसम्म ? भन्दै प्रश्न गरेका छन् । उनले ट्वीटरमार्फत् यस्तो प्रश्न सरकारलाई गरेका हुन् ।
डा.भट्टराईले भनेका छन्, ‘किशोरी भागरथी भट्टको वैतडीमा बलात्कार पछि हत्या ! निर्मला पन्त, सम्झना बि.क लगायतका कैयौं किशोरीले जघन्य लैंगिक हिंसा/हत्या बेहोरी रहनुपर्ने र समाज/राज्य सामान्य लोकाचार निभाएर बस्ने स्थिति कहिलेसम्म ? गम्भीरतम कदम चाल्ने बेला भएन र ? सरकार कता श्रद्धांजली/समवेदना ।’
फेरि अर्की१७बर्षिया किशोरी भागरथी भट्टको वैतडीमा वलात्कार पछि हत्या! निर्मला पन्त,सम्झना बि क लगायतका कैयौं किशोरीले जघन्य लैंगिक हिंसा/हत्या बेहोरी रहनुपर्ने र समाज/राज्य सामान्य लोकाचार निभाएर बस्ने स्थिति कहिलेसम्म?गम्भीरतम कदम चाल्ने बेला भएन र?सरकार कता?श्रद्धांजली/समवेदना! pic.twitter.com/LZFEfqZl2I
— Baburam Bhattarai (@brb1954) February 6, 2021