कञ्चनपुर– खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् ।
बेलडाँडी गाउँपालिका–३ वनकुरुवा नजिकैको नेपाल–भारत सीमा क्षेत्रबाट १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित उनीहरुलाई सशस्त्र प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।
पकाउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी र बर्दगोरिया गाउँपालिका–३ बौनियाका २३ वर्षीय शारदा विक रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट लागुऔषधसहित बा६८प ३१६९ नंको मोटरसाइकल, नगद रकम चार हजार, बैंक चेक, मोबाइल झोला र भारतीय सीमकार्ड बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।