सभामुखले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ हुँदै-Sutra News

सभामुखले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ हुँदै

आइतबार, २५ माघ २०७७

आइतबार, २५ माघ २०७७

काठमाडौं- संवैधानिक परिषद्को सिफारिसमा भएका नियुक्ति बदर हुनुपर्ने भन्दै विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा तोकिएको छ ।



उक्त रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । सापकोटाले शुक्रबार रिट दायर गरेका थिए।

मंसीर ३० गते आफ्नो उपस्थितिबिना बसेको बैठकबाट ल्याइएको अध्यादेशमार्फत् गरिएको नियुक्ति गैरकानुनी भएको उनले रिटमा जिकिर गरेका छन् ।

सभामुख सापकोटाले राष्ट्रपति कार्यालयसहित ३९ जनालाई विपक्षी बनाएका छन् ।

संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, सदस्य एवं प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र नियुक्ति पाएका व्यक्तिहरूलाई रिटमा विपक्षी बनाइएको छ ।

बुधबार राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश राणाले संवैधानिक परिषद्‌मा सिफारिस सबै पदाधिकारीलाई शपथ गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट