आजदेखि मौसम सफा-Sutra News

आजदेखि मौसम सफा

आइतबार, २५ माघ २०७७

आइतबार, २५ माघ २०७७

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको हो ।



बिहीबारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको थियो ।

अबको केही दिन कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको मौसमविद् सविना शाक्यले बताइन् । पश्चिमी वायुको प्रभाव हटेसँगै गर्मी सुरु हुने जनाइएको छ ।

उपत्यका वरपरका अग्ला डाँडामा हिउँ परेकाले आज बढी चिसो महसुस भएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज १ दशमलव शून्य डिग्रीमा झरेको छ। काठमाडौंको न्यूनतम तापक्रम शनिबार ३ दशमलव ५ डिग्री सेल्सियस थियो ।

हाल देशको प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश १ का पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाकोृ न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री र सबै भन्दा धेरै विराटनगरको न्युनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट