काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-नेपाल पक्षीय विद्यार्थी संगठन अनेरास्ववियूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको अनेरास्ववियूकी नेता आरती लामाले जानकारी दिइन् ।
‘हाम्रो पूर्वनिर्धारित कार्यक्रम बालुवाटारमा बुझाउने भन्ने थियो’, उनले भनिन्, ‘त्यो कार्यक्रममा केही हेरफेर गरेर दिउँसो २ बजे सिंहदरबार पुगेर विरोधपत्र बुझाउने तय भएको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि दाहाल–नेपाल पक्षीय अनेरास्ववियू माउपार्टीसँगै आन्दोलनमा उत्रिएको छ ।