कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु-Sutra News

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

आइतबार, २५ माघ २०७७

आइतबार, २५ माघ २०७७

सुर्खेत- कर्णालीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका ६१ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो ।



स्वास्थ्य शिक्षा अधिकृत नवराव कंडेलले वीरेन्द्रनगर ६ का ६१ वर्षीया महिलाको उपचारको क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

उनलाई माघ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसियूमा राखेर उपचार गरिएको थियो ।

मृत्तकलाई उच्च रक्तचाप, मधुमेह तथा मुटुसम्बन्धी रोग भएको र प्रोटोकल अनुसार उपचार गरिएको भए पनि स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको उनले जानकारी दिए ।

मृत्तकको शव जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेत र नेपाली सेना समन्वयमा व्यवस्थापन गरिएको छ ।

कर्णाली प्रदेशमा अब कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

महाशाखाका अनुसार अहिलेसम्म सुर्खेतका १७, दैलेखका सात, सल्यान, रुकुम-पश्चिम, कालीकोट र डोल्पाका एकरएक जना तथा अन्य प्रदेशका तीन जनाको कोरोनाका कारण मृत्यु् भएको हो ।

प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या सात हजार पाँच सय २८ पुगेको छ ।

कोरोना संक्रमणमुक्त हुनेको संख्या सात हजार तीन सय १७ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या एक सय ८१ छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट