खोपको दोस्रो चरणः भोलिदेखि कूटनीतिक नियोग, राष्ट्र संघका कर्मचारी र पत्रकारलाई खोप लगाइने-Sutra News

खोपको दोस्रो चरणः भोलिदेखि कूटनीतिक नियोग, राष्ट्र संघका कर्मचारी र पत्रकारलाई खोप लगाइने

आइतबार, २५ माघ २०७७

आइतबार, २५ माघ २०७७

काठमाडौं- दोस्रो चरणको कोरोनाविरूद्धको खोप भोलि (सोमवार) देखि सुरु हुने भएको छ ।



दोस्रो चरणमा भोलिदेखि सरकारले पत्रकार र कूटनीतिक नियोगका कर्मचारीहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउने भएको छ ।

उपत्यकाका चार अस्पतालबाट भन्डै १९ हजार कुटनीतिक नियोग र सयुक्त राष्ट्र संघलगायत पत्रकारलाई कोरोना खोप दिइने भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

टिचिङ अस्पताल, गंगालाल हृदयरोग, पाटन अस्पताल र सिभिल अस्पतालबाट क्रमशः कूटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारहरुलाई खोप लगाउने व्यबस्था मिलाइएको छ ।

पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट