प्रधानमन्त्री पत्नी राधिकामाथि पम्फा भुसालले उठाइन प्रश्न, प्रथम महिला भनिएकोमा आपत्ति-Sutra News

प्रधानमन्त्री पत्नी राधिकामाथि पम्फा भुसालले उठाइन प्रश्न, प्रथम महिला भनिएकोमा आपत्ति

आइतबार, २५ माघ २०७७

आइतबार, २५ माघ २०७७

काठमाडौं- प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेत्री पम्फा भुसालले नेपालको संविधानले महिलाहरुलाई प्रथम र द्वितीय नबनाएको बताएकी छन् ।



प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा आपत्ति जनाउँदै भुसालले लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुने बताइन् ।

शनिबार नेपाल प्रहरी अस्पताल र घुन्सा फाउन्डेसनले प्रहरी अस्पतालमा गरेको रक्तदान कार्यक्रममा प्रधानमन्त्री पत्नी शाक्यलाई प्रथम महिलाको रुपमा बोलाइए थियो । सोही प्रसंगलाई लिएर नेत्री भुसालले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आपत्ति जनाएकी हुन् ।

‘नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला र बाँकी महिलाहरु दोश्रो बनाएको छैन है । लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुन्छ’, भुसालले फेसबुकमा लेखेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट