काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले बैतडीकी भागरथी भट्टको हत्या सम्बन्धी घटनाको अनुगमन सुरु गरेको छ ।
आयोगको प्रदेश कार्यालय धनगढीबाट अनुगमनका लागि टोली घटनास्थलतर्फ गएको आयोगका प्रवक्ता सहसचिव डा.टीकाराम पोखरेलले जानकारी दिए।
दोगडाकेदार गाउँपालिका–७ घर भइ सनातनधर्म मा.वि. खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको माघ २१ गते हत्या भएको थियो ।